बाख्रा चराउन जाँदा भिरबाट लडेर रामेछापको मझुवामा रायमाझीको मृत्यु

| साउन १, २०८१ मंगलबार

सांकेतिक तस्बिर ।
A A A
A A A

१ साउन, रामेछाप । रामेछापको मझुवामा बाख्रा चराउन गएको बेला भिरबाट लड्दा एक जनाको ज्यान गएको छ । उनी नेपाली सेनाको १ नम्बर विकास निर्माण गण धुनकुटामा कार्यरत रहेको बुझिएको छ । 

 

मंगलबार दिउँसो बाख्रा चराउँदा खुदुर्केभीरबाट अन्दाजी ३ सय मिटर तल लड्दा स्थानीय ३२ वर्षीय (प्रदीप) भनिने नरेन्द्र रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

‘चोप्राङ चौकीमा पहिले घाइते भएको खबर आएर एम्बुलेन्स पठाउँदा पठाउँदै केही बेरमा मृत्यु भएको खबर आयो । अहिले शव वाहन गएर पोस्ट पार्टमको लागि शव ल्याउँदै छ’, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले रामेछाप टाइम्ससंग भने ।

 

खाँडादेवी गाउँपालिका वडा नं २ मझुवाको चुलल्ठेपानीमा एक जना भिरबाट लडेर निधन भएको खबर पाए पनि थप केही जानकारी नपाएको सोही वडाका अध्यक्ष केशव कुमार प्रधानले रामेछाप टाइम्ससंग बताए ।