मेलम्ची बाढीमा परेर बेपत्ता थप एकको शव रामेछापमा भेटियो, शव भतिजले बुझे

| असार ७, २०७८ सोमबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०७ असार, रामेछाप । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीसहितका ठाउँमा गएको भिषण बाढीमा परि बगेर ज्यान् गुमाएका थप एकको शव पनि पहिचान भएको छ ।

 

उनको शव रामेछाप जिल्लामा भेटिएको थियो । जिल्लामा तीन जनाको शव खाँडादेवी गाउँपालिका स्थित सुनकोशी नदी किनारमा भेटिएको थियो । 


तामाकोशी नदीमा पानीको वाहव बढेसंगै धुमिल्लिएको पानीमा बग्दै आएको अवस्थामा छुट्टाछुटै समयमा तीन जनाको शव फेला परेका थियो । जुन उनीहरुको आफन्ताले खोजतलास गर्दै जाँदा पहिचान गरेका छन् । 


आइतबार दुई जनाको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । एक शव आइतबार नै मृतककी छोरीले बुझेकी छन् । भने गत असार ३ गते खाडादेवी गाउँपालिका वडा नं राकाथुम १ स्थित सुनकोशी नदीको किनारमा फेला परेको शव पनि सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं.१ हल्देवेशिका ५० वर्षीय सुनिल तामाङको मृतकका भतिज नाता पर्नेले पुष्टि गरेको रामेछाप प्रहरीले जनाएको हो । 


मृतकका भतिजाले आइतबार उनको सनाखत गरेको र कानूनी प्रक्रिया पुर्याएर उनलाई जिम्मा लगाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुङ्गानाले जानकारी दिए ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार