लिखु खोलामा आएको बाढीले तुमालमा सडक बगाउँदा गुम्देल–किञ्जा सडक पूर्ण अवरुद्ध

| साउन ४, २०८१ शुक्रबार

तस्बिर सामाजिक संजालबाट
A A A
A A A

४ साउन, रामेछाप । रामेछापको उत्तरी क्षेत्र गुम्देल जोड्ने किञ्जा सडक लिखु खोलामा गएराति आएको बढीले बगाएको छ । नुम्बुर हिमालको फेदीबाट बहने लिखु नदीमा आएको बाढीले सोलु खुम्बुको लिखुपिके गाउँपालिका–५ तुमाल भन्ने स्थानमा  बाढीले अन्दाजी एक सय मिटर सडक बगाउँदा सो क्षेत्र जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

 

सोही कच्ची सडक मार्ग हुँदै उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देल गाडी पुग्दै आएको छ । साथै किन्जाबाट सोलु खुम्बुको भकाञ्जे, लामाजुरा हुँदै सदरमुकाम सल्लेरी यसरी सडक मार्ग भएर जोडिएको छ । 

 

गएरातिको बाढीले सडक बगाएपछि गुम्देलबाट दोलखाको जिरी र मन्थली हुँदै काठमाडौँ आउने गाडी रोकिएका छन् । साथै सो क्षेत्रमा निर्माणाधीन लिखु जलविद्युत आयोजनाको कार्यक्षेत्र जाने  सवारीलाई समेत अवरोद्ध भएको छ ।

 

सडकको मुख्य भाग बगाएकाले खुलाउन केही समय लाग्ने बताइएको छ । सडक खुलाउन सम्बन्धित क्षेत्रको प्रहरी, स्थानीय सरकारका प्रतिनिधि घटना स्थलमा पुगेको जानकारी प्राप्त भएको छ । सोही ठाउँमा गत वर्ष पनि सडक अबरुद्ध भएको थियो ।