राष्ट्रिय फोटो पत्रकार समूह रामेछापको प्रथम वार्षिक उत्सव : ‘मन्थली नगरपालिकाको पर्यटन प्रवर्धन गर्न खरो बहस’ (प्रतिबद्धतासहित)

| साउन ६, २०८१ आइतबार

A A A
A A A

६ साउन, रामेछाप । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफ्पिजे) जिल्ला शाखा रामेछापले प्रथम वार्षिक उत्सव भव्यताको साथ मनाएको छ । शनिवार प्रथम वार्षिक उत्सवको अवसरमा ‘मन्थली नगरपालिकाको पर्यटन प्रवर्धन विषयक बहस र पैरवी’ कार्यक्रम गरी नगरको पर्यटन प्रवर्द्धनमा इट्टा थपेको हो । 

 

(एनएफ्पिजे) जिल्ला शाखाका अध्यक्ष मिलन बि‍.क (घिमिरे) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, (एनएफ्पिजे) केन्द्रीय महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, जिल्ला प्रशासनका प्रतिनिधि लक्ष्मण भुजेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, जिल्ला शाखाका अध्यक्ष बद्री नयाँघरे, रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ, नागरिक उड्डयन प्राधिकरण रामेछापका कार्यालय प्रमुख हिरण शाह, होटेल पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष कवीन्द्र लामा सहित जिल्लामा सञ्चालित होटेल व्यवसायी, पत्रकार, सञ्चारकर्मीहरूको उपस्थितिमा मन्थलीको पर्यटन प्रवर्द्धनमा चार घण्टा हाक्का-हाक्कि बहस तथा छलफल भएको हो । 

 

प्रदेश सरकार र स्थानीय सरकार, नागरिक उड्डयन कार्यालयले यहाँको विमानस्थल मार्फत हुनु पर्ने उडानलाई नियमित गर्न नसकेको आरोप खेपिरहेका बेला भएको उक्त बहस तथा छलफलमा वक्ताहरूले नियमित उडानको निम्ति कुरा नभई काम गर्नु पर्नेमा जोड् दिए । त्यसको लागि मिति तोकेर विमानस्थलको सेवा र सुविधालाई पर्यटक मैत्री बनाउने र पर्यटकको चाहना अनुसारको यहाँको वातावरण निर्माणमा जोड् दिन सक्नु पर्नामा वक्ताहरूले स्थानीय सरकारको ध्यानाकर्षण गरे ।  

रामेछाप विमानस्थलबाट लुक्ला उडान हुँदै आएकोमा एजेन्सीहरूले पर्यटकहरू सिधै ल्याएर उडाउँदा यहाँका व्यवसायीहरू मारमा परेको निष्कर्ष सहित अबका दिनमा होटेल व्यवसायीहरूले पनि व्यवस्थित सेवा प्रवाह गर्ने र पर्यटकहरू पनि यहाँ बास बस्नको लागि आउने वातावरण बनाउने होटेल व्यवसायीहरूले प्रतिबद्धता जनाएका हुन् । 

 

यो हेर्नुहोस् प्रदेश सांसद, मन्थली नगरपालिका प्रमुख, होटेल व्यवसायी, पत्रकार, नागरिक उड्डयान प्राधिकरण

१४ वटा वडा रहेको जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यहाँको स्रोत र साधनको सही परिचालन मात्रै गर्न सके पर्यटन प्रवर्धनमा निकै फड्को मार्ने सम्भावना रहेकोमा मा दुई मत नरहेको निष्कर्षसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउन पहल सबै तहबाट हुनु पर्नेमा र त्यो गर्नको लागि सरोकारवाला बिच ७ बूँदे लिखित प्रतिबद्धता समेत भएको हो । 

अत्यधिक गर्मीको वातावरण रहेको मन्थलीमा तामाकोशी नदीको पानीको भरपुर प्रयोग गरी गर्मीलाई नै पर्यटन प्रवर्द्धनको फाइदा लिन सक्नु पर्नेमा सबैले जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गरे । 

 

एक वर्ष अगाडि मिलन बिकको नेतृत्वमा गठित राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले नगरको १४ वटै वडामा पुगेर त्यहाँको दीर्घकालीन पर्यटन प्रवर्द्धनको निम्ति गर्न हुन सक्ने सम्भावनाहरूलाई छलफल  फोटोसहित छलफल पत्र भन्दै सार्वजनिक गरेका थिए ।