रामेछापको छतिवने खोलामा आएको बाढीले फर्पु–खिम्ती सडक अवरुद्ध, फर्पु पहिरोको दुर्घटना स्थल पुग्न अवरोध

| साउन ११, २०८१ शुक्रबार

सडक अबरुद्ध भएको स्थान आसपासको फाइल फोटो ।
A A A
A A A

११ साउन, रामेछाप । रामेछापको फर्पु र खिम्तीको सीमा भएर बग्ने छतिवन खोलामा आएको बाढी सडक तर्फ बग्दा गए राति फर्पु –खिम्ती सडक यात्रा अवरुद्ध भएको छ । गए राति आएको बढीले निर्माणाधीन पुल मुनीबाट खोलो ढलान गरेर बनाइएको सडक तर्फ बग्दा आवत–जावतमा समस्या भएको खिम्ती प्रहरीले रामेछाप टाइम्सलाई बतायो । 

 

खिम्ती प्रहरीका एक प्रहरी अधिकारीले भने ‘गए राति सबै खोलो सडक तर्फ फर्किएर यात्रामा अवरोध भएको छ । हामीले खोल्नको लागि ठेकेदारसहित जेसिबिलाई खबर गरेका छौँ’ सडक खुल्न केही समय लाग्ने बताउँदै ‘खुलाउनको लागि पहल गरेका छौँ, १, डेढ घण्टामा खुल्छ ।’

 

उक्त खोलामा आएको बढीका कारण फर्पुमा गए राति बढीले घरसहित तीन किशोरी बगाएको ठाउँमा जिल्लाबाट टोली जान समेत अवरोध भएको छ ।

 

 साथै उक्त सडक भएर गोकुलगंगा र उमाकुण्डका विभिन्न वस्तिहरूमा दैनिक सवारी ओहोर-दोहोर गर्ने मुख्य मार्ग हो ।