रामेछापको फर्पुमा पहिरोमा परी ज्यान गुमाएका तीनै किशोरीको शव घटनास्थलमै पोस्ट मार्टम गरी परिवारको जिम्मा लगाइयो

| साउन ११, २०८१ शुक्रबार

A A A
A A A

११ साउन, रामेछाप । गए राति घरसहित पहिरोमा परी ज्यान गुमाएका तीन जना किशोरीको शव पोस्ट मार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ । साथै, जनधन गुमाएका पीडित परिवारलाई राहतका सामाग्री समेत प्रदान गरिएको छ । 

 

शुक्रवार बिहान जिल्ला सदरमुकाम मन्थलीबाट मन्थली अस्पतालका डाक्टरसहित पुगेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिता निरौला, सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपाने लगायतको सबै सुरक्षा निकायको टोलीले दुर्घटना स्थलमै पोस्ट मार्टम गरी मृत तीनै किशोरीको शव परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक कौशल न्यौपानेले रामेछाप टाइम्सलाई बताए । 

 

‘घटना स्थलमै शवहरूको पोस्ट मार्टम गरेर परिवारको जिम्मा लगाएका छौँ, मन्थली ल्याउन परेन’ शव परिवारको जिम्मा लगाएको बताउँदै प्रहरी निरीक्षक न्यौपानेले भने ‘पीडित परिवारलाई रेड्क्रशसहितको टोलीले राहतका सामाग्री पनि दिएको छ ।’

बिहीबार राति ८ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा परी गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु साबिक वडा नं. ९ पैरे भन्ने स्थानमा सोही ठाउँका विमान तामाङको घर बगाउँदा तामाङकी १८ वर्षीय सीता तामाङ, विमानकी नातिनी पदम तामाङको छोरी १३ वर्षीय लक्ष्मी तामाङ र पेमा तामाङको १५ वर्षीय आशिका तामाङको ज्यान गएको थियो । 

 

छतिवने खोलामा आएको बाढीको कारण दुर्घटना स्थलमा जान समेत अवरोध भएको थियो । बढी पन्छाएर आज बिहानै घटना स्थलमा पुगेको (सिडिओ) सहितको प्रहरी टोलीले स्थलगत निरीक्षण समेत गरेको छ । 

 

सम्बन्धित समाचार 

रामेछापको छतिवने खोलामा आएको बाढीले फर्पु–खिम्ती सडक अवरुद्ध, फर्पु पहिरोको दुर्घटना स्थल पुग्न अवरोध
 

रामेछापको फर्पुमा पहिरोले घर बगाउँदा तीन जना किशोरीको ज्यान गयो