रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा उत्तम पौडेल, वरिष्ठ उपाध्यक्षमा सन्ध्या सानु

| साउन १२, २०८१ शनिबार

A A A
A A A

१२ साउन, रामेछाप । रामेछाप सांस्कृतिक कलाकार समाज रामेछापको अध्यक्षमा उत्तम पौडेल चयन भएका छन् । समाजको शुक्रवार भएको १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनले पौडेलको नेतृत्वमा समिति गठन गरेको समितिकी वरिष्ठ उपाध्यक्ष सन्ध्या सानु घतानेले जानकारी दिइन् । 

 

नव गठित समितिको वरिष्ठ उपाध्यक्ष बनेकी घतानेका अनुसार उपाध्यक्षमा गोविन्द गौतम,कल्पना सुनुवार र राम कुमार नेपाली चयन भएका छन् । 

 

त्यस्तै महासचिवमा गुणराज श्रेष्ठ चयन भएका छन् । समाजको प्रवक्तामा खमेश श्रेष्ठ, सचिवमा सबिन चौहान, सह–सचिवमा महेस सुनुवार चयन भएका हुन् । 

 

त्यस्तै कोषाध्यक्षमा सङ्गिता के.सी, सह–कोषाध्यमा बबिता पोख्रेल चयन भएका छन् । 

 

त्यस्तै दीपक लाखे, नकुल प्रसाद गौतम, रिता कार्की,वीर बल माझी सदस्यमा बनेको वरिष्ठ उपाध्यक्ष घतानेले जानकारी दिइन् । 

 

रामेछाप घर भएर सांगीति क्षेत्रमा लागेकाहरूको उक्त समूहले गीत संगीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । साथै कलाकारहरूको हक हितको सहित पीडामा परेकाहरूलाई सहयोग समेत गर्ने गरेको छ । 

 

समाजको यस अगाडि रामकुमार कार्कीको अध्यक्षतामा समिति रहेको थियो । 

समिन बरुवाल
| चैत १५, २०८० बिहिबार
समिन बरुवाल
| मंसिर १४, २०८० बिहिबार