रामेछाप ट्राफिक प्रहरीले गर्‍यो ५० जना चालकको स्वास्थ्य परीक्षण, १० जना चालकमा देखियो यस्तो समस्या ?

| साउन १२, २०८१ शनिबार

तस्बिर स्रोत ट्राफिक रामेछाप
A A A
A A A

१२ साउन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी (जिट्राप) कार्यालय रामेछापले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले खिम्ती–मन्थली–सेलेघाट भएर चल्ने गाडीका चालकको स्वास्थ्य परीक्षण गराएको छ । 

 

शनिवार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालय (जिट्राप) परिसरमा बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठ, मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीसहितको उपस्थितिमा साना तथा ठुला सवारी साधन गरी  ५० जना सवारीका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी (जिट्राप) कार्यालय रामेछापले जनाएको हो । 

 

रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा गरिएको स्वास्थ्य जाँचको क्रममा १० जना चालकहरूको प्रेसर अधिकतम भएको र एक जना चालकको प्रेसर कम देखिएको ट्राफिक रामेछापले जनाएको हो । 

 

स्वास्थ्य समस्या देखिएका चालकहरूलाई चिकित्सकहरूले स्वास्थ्य सुधार गर्न पर्ने सल्लाह सुझाव दिएको बताउँदै स्वास्थ्यलाई ध्यानमा राखेर यात्रा गर्न पनि जिल्ला ट्राफिक प्रहरी प्रमुख दीपक चौलागाईले जानकारी दिए । 

 

चालु आर्थिक वर्ष २०८१/०८१ को सवारी चालक र ट्राफिक कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम गर्दै (जिट्राप) चालकको स्वास्थ्य परीक्षण गरेको हो । यस अगाडि पनि (जिट्राप) ले बेला बेलामा स्वास्थ्य परीक्षणको काम गर्दै आएको छ । 

मिलन घिमिरे
| भदौ ६, २०८१ बिहिबार