मन्थलीको कठजोर खोलामा आएको भीषण बाढीले ६० रोपनी भन्दा बढी खेतबारीमा पुर्‍यायो ठूलो क्षति  (तस्बिरसहित)

| साउन १७, २०८१ बिहिबार

A A A
A A A

१७ साउन, रामेछाप । गए रातिको भीषण वर्षाले मन्थली नगरपालिका वडा नं २ कठजोर खोलामा आएको बाढीले करिब ६० रोपनी खेतमा पूर्ण रूपमा क्षति पुर्‍याएको छ । सोही ठाउँकी उर्मिला भुजेलको मतान समेत बगाएको बाढीले उनकै घर पनि जोखिममा पारेको छ । 

 

खोलाको बाढीले आसपासका उद्धव ढुङ्गेलको अन्दाजी-३ रोपनी, छत्रबहादुर ढुङेलको-६ रोपनी, सिता भुजेलको-३ रोपनी, कृष्ण लोचन अधिकारीको-२ रोपनी, खोजबहादुर कार्की, अनन्त कार्की, अरीबहादुर कार्की, तेजबहादुर कार्कीको संयुक्तमा-८ रोपनी जग्गामा क्षति गरेको वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

 

उनका अनुसार नारायण कार्कीको-५ रोपनी, कैलाश थापाको-९ रोपनी, सरोज श्रेष्ठको-३ रोपनी, घर समेत बगाएको उर्मिला भुजेलको-३ रोपनी, सिताराम बस्नेत-१ रोपनी, बद्री कार्कीको-१ रोपनी,रत्नबहादुर कार्कीको -१ रोपनी, ढालबहादुर कार्कीको-२ रोपनी, ललीमाया कार्कीको-२ रोपनी, हिराबहादुर कार्कीको-३ रोपनी, रत्नबहादुर कार्कीको-३ रोपनी, भैरव कार्कीको-२ रोपनी र   गणेश थापाको १ रोपनी खेतबारीमा बाढी पसेर क्षति गरेको हो । 

 

‘हामी उद्धारको काम सकेर भर्खरै फर्किएका छौँ’ जोखिममा पारेको परिवारलाई तत्कालको लागि सुरक्षित गर्ने काम गरिएको प्रस्ट पार्दै वडा अध्यक्ष कार्कीले रामेछाप टाइम्सलाई भने ‘राति ११ बजेतिर आएको बाढीले तहस्नस पारेछ ।’

 

उक्त खोलामा आएको बाढीको कारण पुगेको क्षति बारेमा जानकारीसहित बगरमा परिणत भएको नगर प्रमुख लव श्रेष्ठ, प्रवक्ता एवम् वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठ , सोही वडाका अध्यक्ष सुरेन्द्रबहादुर कार्की, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दलका नेताहरू, स्थानीय सहितको सक्रियतामा खोलाको बहावलाई परिवर्तन गराएर उच्च जोखिममा परेको उर्मिला भुजेलको घरलाई थप क्षति हुनबाट जोगाउने प्रयास गरिएको (अनेरास्ववियु) रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए । 

 

उक्त भारी वर्षाले दुई दर्जन स्थानीयहरूको करोड बढीको खेतबारी ध्वस्त पारेको हो ।  घटनास्थलमा जेसिबि समेत लान मुस्किल देखिएपछि त्यहाँ पुगेको टोली खटिएर जोखिम व्यवस्थापन गर्ने काम सम्पन्न गरिएको उनको भनाई छ । 

 

केही दिन यता निकै थोरै पार्ने पर्ने क्षेत्र भनिँदै आएको मन्थली सहितका जिल्लाका अधिकांश भू–भागमा राति भीषण वर्षा भइरहेको छ । दिनभर चर्को घाम लाग्ने र राति भीषण वर्षा हुँदा बाढी पहिरोको उच्च जोखिम हुने मौसमविद्हरूले समेत बताउने गरेका छन् । 

 

बाढीले क्षति गरेको स्थलमा उद्दार तथा सुरक्षित व्यवस्थापन गर्दै, तस्बिर सुरेन्द्र कार्कीबाट प्राप्त