भारी वर्षाको कारण डिसिकर–कटेरी–भरुवा–पिप्ले र डिसिकर–कटेरि–ताप्के–धोबी सडक पूर्ण अवरुद्ध,

| साउन १७, २०८१ बिहिबार

तस्बिर स्रोत : सुरेन्द्रबहादुर कार्की ।
A A A
A A A

१७ साउन, रामेछाप । केही दिन यताको निरन्तरको भारी वर्षाको कारण ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ । 

 

अवरुद्ध केही मुख्य सडकहरू स्थानीय तह र प्रहरी, प्रशासनबिचको समन्वय र सहकार्यमा खुलेका छन् । भने, धेरै जसो सडक अवरुद्ध छन् । 

 

गएरातिको भारी वर्षाले मन्थली नगरपालिका–२ कठजोर को  डिसिकर–कटेरी–भरुवा–पिप्ले सडक र डी–सिकर–कटेरि–ताप्के हुँदै लिखु तामाकोशी गाउँपालिकाको केन्द्र धोबी जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले रामेछाप टाइम्सलाई बताए । 

 

अबरुद्ध सडक खुलाउन केही समय लाग्ने उनको भनाई छ ।