‘सिडिएस’को आयोजनामा मन्थलीमा सुरु भयो चार महिने आवाससहितको मोबाइल मर्मत तालिम

| साउन १७, २०८१ बिहिबार

A A A
A A A

१६ साउन, रामेछाप । सामुदायिक विकास समाज (सिडिएस) को रामेछापको आयोजनामा मोबाइल फोन मर्मत तालिम बुधवारदेखि सुरु भएको छ । चार महिना सम्म चल्ने तालिममा खाना बस्नको सम्पूर्ण व्यवस्था आयोजकले गरेको हो 

 

च्याल्ड् नेटवर्क जर्मनी (childaid network germany) को आर्थिक सहयोगमा मन्थली नगरपालिकासँगको समन्वयमा नगरपालिका १ स्थित शिक्षक संघको भवनमा आवासीय सुविधा सहित तालिम दिन थालिएको सिडिएस फिल्ड संयोजक राजु विक्रम बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार नगरकी उपप्रमुख ईश्वरी बस्नेतसहितको उपस्थितिमा बेरोजगार युवाहरूलाई सीप सिकाएर दक्ष र स्वरोजगार बनाउने प्रेरित गर्ने, दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यले आउँदो कात्तिक १४ गते सम्म चल्ने गरी तालिम सुरु गरिएको हो । 

 

विभिन्न सिप मूलक तालिमहरू दिँदै आएको सिडिएस् रामेछापले नगरको दिगो विकासमा टेवा पुर्‍याउनु पर्नेमा जोड् दिँदै आएको दाबी गर्दै आएको छ । यहाँका १९ जना युवाहरूको सहभागितामा युवाहरूलाई पछिल्लो समय प्रविधिसँग जोड्दै मोबाइल मर्मत तालिम दिएर स्वरोजगार बनाउने फिल्ड संयोजक बस्नेतले बताए । 

 

तालिम उद्घाटन गर्दै उपप्रमुख बस्नेतले सिडिएसले तालिम दिएर युवालाई दक्ष बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइन् । 

 

उनले सिप सिकेर उद्यमी, स्वरोजगार र आफ्नै देशको विकासमा लाग्ने जनशक्ति हुनु पर्नेमा जोड् दिँदै विदेशी भूमिमा पसिना बगाउन नपर्ने बताइन् । सिप र जाँगर भएका युवाहरूको लागि स्वदेश नै उर्वर भूमि रहेको जिकिर गर्दै स्थानीय सरकारले पनि विभिन्न तालिम र सहयोगबाट युवालाई नगरमा टिकाउन केन्द्रित रहेको उपप्रमुख बस्नेतको भनाई छ ।