दोरम्बाबाट एमालेका नेता गौतम र थापा मगरले गरे सुत्केरी महिलाको उद्धार

| असार ७, २०७८ सोमबार

फाइल फोटो फोटो तुल कंडेलको फेस्बुकबाट साभार
A A A
A A A

०७ असार, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाबाट एक सुत्केरी महिलाको उदार गरिएको छ  । सोमबार पालिकाको वडा नं ६ जागु निबासी मनोज थापा मगरको श्रीमती ३८ वर्षीय सुश्मिता खपांगी मगरको हेलिकप्टर मार्फत उद्धार गरिएको नेता तुलप्रसाद कंडेलले जानकारी दिए ।

 

मगरले सोमबार बिहान ८ ः३० बजे बच्चा जन्माएकी थिइन् । तर १२ बजेसम्म पनि साल नझरे र सुत्केरी महिलाको अबस्था नाजुक हुदै गएपछि उद्धार गरेको उनले बताए । 

 

कंडेलका अनुसार काठमाडौमा नेकपा एमाले राष्ट्रिय परिषद सदस्य रत्न गौतम र नेकपा एमाले दोरम्बा गाउँपलिका संगठन कमिटीको सचिव देउबहादुर थापा मगरको पहलमा सुत्केरी महिलाको उद्धार गरिएको हो । उनलाई काठमाडौं लगिसकिएको कंडेलले बताए । 

सुत्केरी महिला  र उद्धारमा पुगेको हेलिकप्टर

फोटो तुल कंडेलको फेस्बुकबाट साभार

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार