रामेछापका सांसद ‘कान्छाराम’ बने ऊर्जा राज्य मन्त्री

| साउन १८, २०८१ शुक्रबार

A A A
A A A

१६ साउन, रामेछाप । रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका छन् । जिल्लाका लोक प्रिय नेताको छवि बनाएका सांसद तामाङले राजनीतिक छलाङ मारेका हुन् । 

 

यद्यपि उनीहरूले समय शपथ खाना भने बाँकी रहेको छ । आजै साँझ सम्म राज्य मन्त्री नियुक्त भएकाहरु सपथ खाने तयारी भइरहेको बताइएको छ । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद तामाङलाई शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्य मन्त्री नियुक्त गरेका हुन् । 

 

त्यस्तै अरुणकुमार चौधरी संस्कृत पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री र रुपा बि क वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् ।

 

 

रामेछापबाट पपुलर मतसहित चुनाव जितेका लोक प्रिय बनेका नेता पार्टी सभापति शेरबहादुर देउवाको निकट हुन् ।