एमाले रामेछापको प्रदेश सभा १ को इन्चार्जमा कार्की र २ मा ढुङ्गेल

| साउन १८, २०८१ शुक्रबार

A A A
A A A

१८ साउन, रामेछाप । अग्रज नेता कमल चौलागाईलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको नेकपा (एमाले) रामेछापले दुवै क्षेत्रीय इन्चार्ज पनि तोकेको छ । 

 

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज र अधिकांश जिल्लामा पनि इन्चार्जहरू तोक्दा रामेछापका केन्द्रीय सदस्य समेत रहेकी गीता कार्की र केन्द्रीय सदस्य माधव ढुङ्गेललाई प्रदेश सभा १ र २ को जिम्मेवारी तोकेको नेकपा एमाले रामेछापले जनाएको हो । 

 

जसअनुसार कार्कीलाई प्रदेश सभा (क) १ र युवा नेता ढुङ्गेललाई (ख) २ को इन्चार्ज तोकिएको हो । 

 

ढुङ्गेल विभिन्न क्षेत्रको नेतृत्व गरिसकेका नेता हुन् । भने, नेतृ कार्की पनि परिचित महिला नेतृ हुन् ।