लिखु तामाकोशीमा प्रहरीले छ सय गाँजाको बोट नष्ट गर्‍यो

| साउन २०, २०८१ आइतबार

A A A
A A A

२० साउन, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा प्रहरीले छ सय बोट गाँजा फडानी गरेको छ । 

 

 

शनिवार इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको गस्ती टोलीले पालिकाको वडा नं ३ का तीन जना स्थानीहरूको बारीमा अवैध रूपमा पाइएको गाँजाको बोटहरू नष्ट गरिएको इलाका प्रहरी कार्यालय धोबीले जनाएको हो । 

 

पछिल्लो समयमा गाँजालाई वैधानिक रूपमा खेती गरेर राम्रो आम्दानी गर्न सकिने आवाज उठिरहेको भए पनि हालसम्म उक्त विषयमा कानुन र नीतिगत रूपमा लागू औषधको रूपमा रहेकाले गाँजा फडानी गरिएको प्रहरीको भनाई छ । 

 

जिल्लाका विभिन्न स्थानमा आफै उम्रिएका देखि बाख्राहरूको उपचारमा प्रयोग गर्ने बहानाका कतिपय स्थानीयहरूको बारीमा गाँजा झाँगिएका छन् । तर, धेरै देखिएको र ओसारपसार समेत हुने आशंकाले प्रहरीले बाट्नै नष्ट गर्दै आएको छ ।