धुलिखेलको पुण्यमाता खोलाले बगाउँदा रामेछाप भिरपानीकी एक महिलाको ज्यान गयो

| साउन २२, २०८१ मंगलबार

मृत महिलाको शव बाढीबाट निकालिदै, तस्बिर स्राेत सामाजिक संजाल ।
A A A
A A A

२२ साउन, रामेछाप । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–५ पुण्यमाता खोलामा आएको बाढीले बगाएर रामेछापकी एक महिलाको ज्यान गएको छ ।

 

त्यहाँको प्रहरीका अनुसार बाढीले बगाएर रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानी घर भई पनौती नगरपालिका–५ नैकिन्टार बस्ने ५० वर्षीय भगवती भागदासको ज्यान गएको हो ।

 

 

भागदासलाई श्रीखण्डपुरको खोलाले बगाउँदा झन्डै तीन सय मिटर तल मंगलबार (आज) बिहान मृत अवस्थामा फेला पारिएको हो ।

 

 

उनी केही समयता पनौतिमा डेरागरी बस्दै आएको बुझिएको छ ।