कांग्रेस वडा इकाईद्वरा गोकुलगंगा अस्पताललाई खाध्यन्न र स्वास्थ्य सामाग्री

| असार ७, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

०७ असार, रामेछाप । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका वडा इकाईले स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरेको छ ।

 

सोमबार पालिका अस्पताल गोकुलगंगालाई कांग्रेसका विभिन्न नेताहरुको सहयोगमा वडा नं ४, वडा इकाईले खाध्यन्न तथा स्वास्थ्य समाग्री प्रदान गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) का क्षेत्रिय सभापति धिरज खत्रीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार पालिकामा संचालनमा रहेको गोकुलगंगा अस्पताललालई अक्सिजन कन्सनट्रेटर २ थान, नेबुलाइजर २ थान, प्रसनला प्रोटेक्टिभ इकुप्मेट् (पिपिइ) सेट ५ थान, फेस सिल्ड एक बण्डल, मास्क २ हजार पिस्,चामल ५ बोरा, चना केराउ १० केजी,फलफुल एक कार्टुन र हर्लिक्स एक बाक्सा सहयोग गरिएको हो । 


पालिकालाई विभिन्न समयमा कोरोना महामारीसंग जुध्नको लागि सहयोग पुगोस भन्ने उदेश्यले सामाग्री प्रदान गरेको सभापति खत्रीले बताए ।

 

उनका अनुसार सामाग्री प्रदान गर्नको लागि नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि शिव श्रेष्ठ, रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठ, रामेछाप प्रदेश क का सदस्य दिनेश घिमिरे, लिखु तामाकोसी गाउँपालिका नेता पराग खड्का, नेविसंघका पूर्व केन्द्रीय सदस्य उज्ज्वलराम घिमिरे, जिल्ला कार्यसमिति सदस्य सिताराम कार्की, इकाई समितिका सभापति देव सुनुवार लगायतले सहयोग गरेको थिए ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार