रामेछापमा लागू पदार्थ सेवन गरी मोटरसाइकल चलाउने एक पुरुष मन्थली भैशेश्वरबाट प्रहरी नियन्त्रणमा

| साउन २४, २०८१ बिहिबार

तस्बिर स्रोत जिल्ला ट्राफिक प्रहरीको फेस्बुक ।
A A A
A A A

२४ साउन, रामेछाप । रामेछापमा लागू पदार्थ सेवन गरेर सवारी चलाउनेहरूको क्रम बढ्दै गएको पाइएको छ । केही समय अगाडि मात्रै (लापसे) गरेर गाडी चलाउन तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रण लिएकोमा बुधवार पनि थप एक जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

‘नियमित चेकजाँचको क्रममा एक जना मोटरसाइकलमा सवार तराइवासीले (लापसे) सेवन गरेको भेटिएपछि, नियन्त्रणमा लिएका हौँ’, ट्राफिक प्रमुख चौलागाईले भने । 

 

स्रोतका अनुसार ती पुरुषले गाँजा, भाङ, चरेस मध्ये कुनै एक प्रयोग गरेको बुझिएको छ । 

 

साँझ ६ ३० बजेको समयमा मन्थली नगरपालिका वडा नं १ भैशेश्वर चोकमा जिल्ला प्रहरी कार्यालय रामेछाप र ट्राफिक रामेछापले संयुक्त रूपमा मन्थली अस्पतालको समन्वय गरिएको (लापसे) चेक जाँचमा साना ठुला गरी १८ जना चालकहरूको लागू पदार्थ सेवन चेकजाँच (लापसे) गरिएकोमा १ जनाले सेवन गरी मोटरसाइकल चलाएको फेला पारिएको कार्यालय प्रमुख चौलागाईले बताए । 

 

लागू पदार्थ सेवन गरी मोटरसाइकल चलाउने नाम गोप्य राखिएका ती पुरुषलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप राखिएको छ । 

 

देशका विभिन्न ठाउँमा साउने झरी, कच्ची सडक र जोखिम पूर्ण यात्राको कारण अकल्पनीय दुर्घटना भइरहेको बेला लापसेको कारण थप जोखिम हुने भन्दै आफूहरूले यसलाई कडाइका साथ लागू गरिएको ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको हो ।