माथिल्लो तामाकोशी जलविद्युतको ड्याम सफा गर्न भोलि बिहान ५ बजेदेखि राति १० बजेसम्म बाँध खोलिँदै

| साउन २६, २०८१ शनिबार

फाइल तस्बिर
A A A
A A A

२६ साउन, रामेछाप । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले भोलि (आइतबार) ड्याम सफा गर्नको लागि बाँध खोल्ने भएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । ड्याम खोल्दा कोशीमा पानीको मात्र घटबढ भइरहेन हुँदा जोखिम हुने भन्दै सचेत रहेन भनिएको हो । 

 

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेदेखि राति १० बजेसम्म दोलखा र रामेछाप सहित सिन्धुलीको खुर्कोट क्षेत्र (एरिया) सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

 

दोलखाको विगु गाउँपालिका वडा नं १ मा रहेको ४५६ मेगावाट क्षमताको जलविद्युत आयोजनाले बाँध सफा गर्न खोलिने भएकाले बिहान ५ बजेदेखि राति १० बजेसम्मै तटीय क्षेत्रमा पर्ने विशेष सावधानी अपनाउन आग्रह गरेको हो । 

 

जारी सूचनामा लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोसी नदिको दोभानसम्म पानीको सतह बढ्ने घट्ने भइरहेन भएकाले सो अवधिभर कोशी (नदी) मा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने कुनै पनि कार्य नगर्न आग्रह गरिएको छ । 

 

त्यस्तै नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नु परेमा अत्यन्त सतर्कता पूर्वक गर्नु पर्ने भन्दै सचेत गराएको छ । यो आयोजनाले प्रत्येक वर्ष ड्याम सफा गर्दै आएको छ । 

 

यो हेर्नुहोस् सूचना