रामेछाप टाइम्सका प्रधान सम्पादक बि कलाई ‘युवा पत्रकारिता’ पुरस्कारद्वारा सम्मानित

| भदौ ४, २०८१ मंगलबार

A A A
A A A

४ भदौ, रामेछाप । रामेछाप टाइम्सका प्रधानसंपादक एवं अध्यक्ष मिलन बि क (घिमिरे) लाई युवा पत्रकारिता पुरस्कारले सम्मान गरिएको छ । बि कलाई जिल्लाबाट दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका -१ गुम्देलमा जन्मिएर पनि छोटो समयमै जिल्लाको कुना कन्दाराका आमजनतालाई सचेत गराउन सफल भएको भन्दै जनआकाश साप्ताहिक पत्रिकाको १७ औँ वार्षिक उत्सवको अवसरमा सम्मान पत्रद्वारा सम्मानित गरिएको हो । 

 

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणा मगरले बि कलाई सम्मान पत्र प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरिन् । साथै पत्रकारिता क्षेत्रमा सरकारको तर्फबाट गर्नु पर्ने सहयोग रहने बचन दिइन् । 

 

जनआकाश साप्ताहिकका अध्यक्ष एवं सम्पादक मोहन कार्कीले पत्रकारिताको माध्यमबाट छोटो समयमै उल्लेखनीय प्रगति गरेको भन्दै बि कलाई बधाई दिए । कृषि, पशुपालन र जल (कृपज) नामक पुस्तक समेत लोकार्पण गरिएको उक्त कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछापका जिल्ला अध्यक्ष समेत रहेका युवा पत्रकार बि कसहित एक दर्जन कलाकार, साहित्य स्रष्टा, मोडलहरू विभिन्न विधामा सम्मानित भएका थिए । 

 

नेपाल पत्रकार महासंघ रामेछापका कार्यसमिति सदस्य समेत रहेका युवा पत्रकार बि क जिल्लाबाट प्रसारण हुँदै आएको रेडियो झंकार ९८.५ मेगाहर्जका समाचार प्रमुखको रूपमा कार्यरत रहेका छन् । साथै, प्रेस युनियन रामेछापको कोषाध्यक्ष हुन् । 

 

जनआकाशले प्रदान गरिएको उक्त सम्मान पत्रमा–‘दुर्गमा गाउँमा जन्मिएर पनि छोटो समयमै जिल्लाका दलित समुदाय, शिक्षा, स्वास्थ्य, कृषि, सुशासनको पक्षमा कलम चलाउँदै उल्लेखनीय योगदान गरेको हुँदा यो सम्मान पत्रले सम्मानित गरिएको उल्लेख गरिएको छ ।’ 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार