रामेछाप नगरपालिका वडा नं ८ का अध्यक्ष सन्तोष तामाङलाई पत्नी शोक

| भदौ ४, २०८१ मंगलबार

A A A
A A A

४ भदौ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नं  ८ का वडा अध्यक्ष सन्तोष तामाङलाई पत्नी शोक परेको छ । उनकी जीवन सँगिनीको सोमबार साँझ निधन भएको हो । 

 

पारिवारिक स्रोतका अनुसार सोमबार साँझ उपचारको क्रममा रामेछाप अस्पतालमा उपचारको क्रममा वडा अध्यक्ष तामाङ्की पत्नी लक्ष्मी अधिकारी (तामाङ) को निधन भएको हो । 

 

केही समय यता स्वास्थ्यमा समस्या रहेकी लक्ष्मी तामाङको मुखबाट रगत बगेपछि रामेछाप अस्पताल पुर्‍याइएको थियो ।

 

अल्पायुमै निधन भएकी तामाङको नगरको माने डाँडा स्थित च्यान डाँडामा अन्तिम दाहसंस्कार गरिएको छ ।