जिल्ला ट्राफिक प्रहरी कार्यालय धमाधम बन्दै, ४० प्रतिशत काम सकियो (भिडिओसहित)

| भदौ ४, २०८१ मंगलबार

A A A
A A A

४ भदौ, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको निर्माणाधीन भवन आउँदो पुससम्म सम्पन्न हुने भएको छ । हाल सम्म ४० प्रतिशत काम सम्पन्न भएको उक्त भवन निर्माणको ठेक्का पाएको कम्पनीले धमाधम काम गरिरहेको छ । 

 

बागमती प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/०८१ मा भ्याटसहित कूल ३ करोड ८ लाख लागतमा एक रोपनी ५ आना ३ पैसा २ दाम जग्गामा भवन निर्माणको चरणमा छ । यसै आर्थिक वर्ष २०८१/०८२ मै नयाँ भवनमा सरेर सेवा गरिने तयारीमा ट्राफिक रामेछाप जुटेको छ । 

 

अहिले वाल लगाउने काम सकिएर भित्रवाल सहित ढलानको काम भइरहेको छ । मन्थली नगरपालिका वडा नं १ मन्थली बसपार्कको ट्राफिक चोकैमा निर्माणाधीन उक्त भवन हालसम्म गुणस्तरीय बनिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक दीपक चौलागाईले रामेछाप टाइम्सलाई बताए । 

 

०८ मंसिर, २०७५ मा प्रक्रिया अनुसार जिल्ला ट्राफिक प्रहरीको भवन निर्माणको लागि जग्गा प्राप्त भएको सुनाउँदै सहायक प्रहरी सहायक निरीक्षक चौलागाईले बेलाबेला जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुखसहितको टोलीले निरीक्षण समेत गरिरहेको बताए । 

 

हाल जिल्ला ट्राफिक मन्थली नगरपालिकाको एक भवनमा बस्दै आएका छन् । कार्यालय बने आफूहरूले दत्त चित्त भएर सेवामा समर्पित हुन सकिने ट्राफिक प्रहरीको विश्वास छ । 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार