रामेछापको चनखुमा खोलाले बगाउँदा एक महिलाको ज्यान गयो

| भदौ ४, २०८१ मंगलबार

A A A
A A A

४ भदौ, रामेछाप । रामेछापको चनखुमा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ । उनको शव फेला पारी पोस्ट मार्टमको लागि मन्थली तर्फ ल्याइँदै छ । 

 

मंगलबार (आज) बिहान करिब ८ : ३० बजेको समयमा मन्थली नगरपालिका वडा नं १० चनखु स्थित साबिक वडा नम्बर १ मादेउटारकी लोक माया श्रेष्ठलाई खोला तर्ने क्रममा बगाएपछि बेपत्ता भएकी थिइन् । 

 

बिहानै देखि बेपत्ता श्रेष्ठलाई मादेउटार स्थित होम पाइपबाट शव निकालेर अहिले पोस्टमार्टमको लागि मन्थलीमा ल्याइँदै गरिएको चनखुका वडा अध्यक्ष गोपीलाल तामाङले जानकारी दिए । 

 

बेपत्ता लोकमायालाई प्रहरी र स्थानीयले खोजी गरेका थिए । स्थानीयहरूका अनुसार उनलाई ८ : ३० बजे तिर चिसापानी बफर खोलाले बगाएको थियो । 

 

तस्बिर स्रोत मोतिलाल तामाङ ।