रामेछाप मन्थलीको मुख्य बजारबाटै फ्रिजको क्रम्प्रेसर समेत चोरी, स्थानीयहरू त्रसित

| भदौ ७, २०८१ शुक्रबार

फ्रिज चोर गरेका नाम गोप्य राखिएका व्यक्त । तस्बिर स्रोत जिप्रका
A A A
A A A

७ भदौ, रामेछाप । जिल्लाकै मुख्य बजार मन्थलीमा चोरीका घटना दिन प्रतिनिधि बढ्दै गएको छ । यस अगाडि चोरीका घटना बढेको भन्दै जिल्ला प्रहरी रामेछापले पत्रकार भेटघाट गर्दै सुरक्षा व्यवस्था कडा गरिएको बताएको थियो । राति १० बजेदेखि बिहान ४ बजे सम्म चेकजाँचमा कडाइ गर्दै ठाउँ(ठाउँमा निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहले बताएका थिए । तर, चोरीका घटना भने रोकिएनन् । 

 

बिहीबार मन्थलीको मुख्य बजार क्षेत्रबाटै फ्रिजको कम्प्रेसर नै चोरी भएपछि यहाँको सुरक्षा व्यवस्था प्रति गम्भीर प्रश्न खडा भएको स्थानीयहरू बताउँछन् । मन्थली नगरपालिका वडा नं १ कृषि विकास बैंकबाट हाटेचौर तर्फ जाने बाटोमा रहेको प्रयातुस् ईन्टरप्राईजेजमा मर्मत गरी राखेको फ्रिजको कम्प्रेशर नै चोरी भएपछि प्रहरीले चेकजाँचमा गरेको कडाइ र लाखौँ खर्चिएर जिल्ला प्रहरी कार्यालयसहित मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेतमा जोडिएका (सिसिटिभी) क्यामेराहरूबाट भएको २४ सै घण्टाको निगरानी प्रति नै प्रश्न उठेको हो ।

 

यद्दयपी, बिहीबार राति ८ बजेको समयमा चोरी भएको उक्त कम्प्रेसर सहित राति १२ : ३० बजेको समयमा चोरसहित नियन्त्रणमा लिएको छ । प्रहरीले कम्प्रेसर चोरको तस्बिर सार्वजनिक गरे पनि नाम भने गोप्य राखेको छ । चोरी भएको समानसहित पक्राउ परेका ती व्यक्तिलाई पक्राउ गरी जिप्रकामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको हो । 

 

पछिल्लो केही दिन यता रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकासहित विभिन्न ठाउँमा चोरीका घटना बढ्दै गएको छ । खोरमा बाँधेर राखेका खसी खाँडादेवीमा खोरमै काटेर चोरी भएको घटना सार्वजनिक भएको छ । 

 

रामेछाप नगरपालिकाबाट पनि खोरमा बाँधेका दुई वटा खसी चोरेर सिन्धुली सम्म पुर्‍याएर बेच्न लागेको अवस्थामा पत्ता लागेको थियो । यसले पनि जिल्लाका मुख्य नाकाहरूमा हुने यस्ता घटनामा कडाइका साथ निगरानी नपुगेको यहाँका स्थानीयहरू बत्ताउँछन् ।

 

प्रहरी प्रशासनलाई ठाडो चुनौती दिने गरी जिल्ला प्रहरी कार्यालय वरपरकै घरहरूमा थाल, डबका, भात पकाउने कसेउडी जस्ता भाँडाकुँडा दिनदाहाडै नै चोरी हुन थालेपछि स्थानीयहरू त्रसित भएका छन् ।