रामेछापमा जारी लकडाउन फेरि थपिदै, डिसिसिएमसीको बैठक बस्दै (सूचिसहित)

हाल सम्म ७५ जिल्लामा लकडाउन जारी

| असार ८, २०७८ मंगलबार

संकेतिक फोटो बन्दाबन्दी
A A A
A A A

०८ असार,रामेछाप । कोरोना महामारी नियन्त्रणको लागि भन्दै लकडाउन जारी गर्ने जिल्लाको संख्या ५७ पुगेको छ । गत सोमबार राति ८ बजेसम्म देशका ७५ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा भएको गृह मन्त्रालयले जनाएको छ। मुस्ताङ् र ताप्लेजुङ् जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको छ । भने बाँकि ७३ जिल्लामा पूर्ण रुपमा जिल्लाभर लागू हुने गरि निषेधाज्ञा लागू गरिएको छ  । 


सबै जिल्लाहरुले आफूअनुकुल हुने गरि निषेधाज्ञा जारी गरेका छन् । केही जिल्लाहरुमा आजराति १२ बजेदेखि निषेधाज्ञा सकिदै छ । भने अधिकांश जिल्लाहरुले आउदो १४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेका छन् । 


काठमाडौं उपत्यकामा पनि केही खुकोलो बनाएर बारअनुसार ब्यवपार ब्यवसाय संचालन गर्न दिने गरि १४ गते सम्म निषेधाज्ञा जारी छ ।

 

रामेछापमा पछिल्लो पकट थपिएको निषेधाज्ञाको अबधी भोली राति १२ बजेदेखि सकिदै छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले मंगलबार जिल्ला कोरोना रोकथाम तथा ब्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको बताए । उनले रामेछाप टाइम्ससंग-'अहिलेनै अन्तर जिल्ला आवतजावत गर्ने सम्भावना नभएकाले लकडाउन थपिन सक्ने बताए । उनले भने अहिले ठक्कै भन्न के हुन्छ भनेर भन्न सकिने अवस्था छैन्, अन्तरजिल्ला आवतजावत गर्ने वातावरण पनि छैन त्यसैले थपिन पनि सक्छ  । आज हामी त्यसैको लागि डिसिसिएमसीको बैठक पनि बस्दै छौं भने । '

लकडान जारी जिल्लाहरुको नामावाली हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार