दोरम्बा लेखर्क पहिरो अपडेट : एक वर्षीय छोरो र आमाको शव निकालियो, ४ घर नाम निसाना नरहने गरी अँधेरी खोलामा बगे, एक घर पुरियो

| भदौ ९, २०८१ आइतबार

ले खर्कमा पहिरोमा पुरिएको गाडी, तस्बिर सामाजिक संजाल ।
A A A
A A A

०९ भदौ, रामेछाप । गएराति दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ लेखर्कमा गएको पहिरोमा परी चार घर बगेको, एक घर पुरिएको पुष्टि भएको छ । साथै उक्त पहिरोले वडा नं २ र ३ जोड्ने अँधेरी खोलाको पुल पूर्ण रूपमा बगाएको छ । 

 

गएराति गाउँमाथि भिरालो जमिन बग्दा गएको पहिरोले चार घर नाम निसाना नरहने गरी अँधेरी खोलामा बगेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगरले रामेछाप टाइम्ससंग बताइन्  । 

 

घटनास्थल सम्म आफू पुग्नै नसकेर पारी नै रोकिएको बताउँदै चार घर खोलासँगै बसेको, एक घर पुरिएको र उक्त पहिरोमा परी चण्डीका थापा मगर र उनका एक वर्षीय छोराको ज्यान गएको बताइन् । 

 

उनले भनिन् ‘आमा छोराको शव निकालिएको छ । चार घर नाम निसाना पत्ता नलाग्ने गरी अँधेरी खोलामा बगेको हो’  उपाध्यक्ष खमला थापा मगरले भनिन् ‘म घटनास्थलसम्म जानै सकिने । पूर्ण रूपमा सम्पर्क टुटेको छ ।’

 

अहिले घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयहरूले उद्दार खोजको काम गरिरहेको उनले सुनाइन् ।