रामेछापको दोरम्बा लेखर्क पहिरो : के–के निर्णय गर्‍यो विपद् व्यवस्थापन समिति बैठकले (निर्णयसहित)

| भदौ १०, २०८१ सोमबार

फाइल तस्बिर
A A A
A A A

१० भदौ, रामेछाप । दोरम्बा शैलुङ् लेखर्कमा ठुलो धनजनको क्षति हुने गरी बाढी पहिरो गएपछि सोमबार आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न १३ बुँदे निर्णय गरेको छ । 

सोमबार प्रमुख जिल्ला अधिकारी (सिडिओ) एवं जिल्ला विपद् व्यवस्थापन समितिकी संयोजक अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले गत आर्थिक वर्ष २०८०/०८१ को विपद् व्यवस्थापन कार्य तथा निर्णयहरूको कार्यान्वयनको छलफल एवं समीक्षा गर्दै लेखर्कका पहिरो प्रभावितलाई एकद्वर प्रणालीबाट राहत प्रदान गर्ने निर्णय गरेको छ । 

 

त्यस्तै त्यहाँका पीडित परिवारलाई नियमानुसार बागमती प्रदेश सरकार तथा संघीय सरकारबाट उपलब्ध हुने राहत रकम सम्बन्धित वडा र गाउँपालिकाबाट विवरण प्राप्त भए पश्चात् तत्काल उपलब्ध गराउने, पहिरोबाट विस्थापित भएका परिवारका लागि चाहिने आवश्यक खाद्यान्न, लत्ताकपडा, भाडा वर्तन लगायतका सामग्रीहरू उपलब्ध गराउन इच्छुक व्यक्ति, निजी क्षेत्र, संघ संस्था आदिलाई आवश्यकता पहिचानको आधारमा अनुरोध गर्ने निर्णय गरेको छ । 

 

विषयगत क्षेत्रहरू (क्लष्टर) का अगुवाले आ–आफ्नो क्षेत्रको जिम्मेवारीभित्र पर्ने विद्युत्, सडक, खानेपानी, स्वास्थ्य उपचार, इन्टरनेट, अस्थायी आवास आधारभूत पूर्वाधार तत् तत् निकायहरूले जिम्मेवारीका साथ गरी सोको प्रतिवेदन विपद् व्यवस्थापन समितिमा उपलब्ध गराउने निर्णय गरिएको रामेछाप प्रशासनले जारी गरेको निर्णय उल्लेख छ । 

 

यो हेर्नुहोस् निर्णहरु 

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार