सुनापति स्थित सुनकोशी नदीमा एक पुरुषको ब्यवारिसे शव भेटियो

| असार ८, २०७८ मंगलबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०८ असार, रामेछाप । रामेछापमा थप एक जनाको शव फेला परेको छ ।

 

सोमबार साँझ अन्दाजी ७ बजेको समयमा सुनापति गाउँपालिका वडा नं ५ सिकवरी स्थित सुनकोशी नदी ब्यवहारीसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

फेला परेको शव अन्दाजी ३०र३५ वर्षीय पुरुषको रहेको रामेछाप प्रहरीले जनाएको छ ।

 

देशका विभन्न जिल्लामा बर्षासंगै आएको बाढीले ५० जना भन्दा बढी बेपत्ता रहेको अवस्थामा जिल्लामा ४ जना ब्यवारीशे अवस्थामा शव फेला परिसकेको छ । भने दुई जनाको शव सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बढीमा परेर बेपत्ता भएकाहरुको भएको पुष्टि भएर आफन्तले जिम्मा लिसेकका छन् ।