बारका अध्यक्ष प्रसाईँ भन्छन् –‘रामेछापका न्यायिक समितिहरूले गरेको काम प्रशंसा योग्य छ’

| भदौ ११, २०८१ मंगलबार

A A A
A A A

११ भदौ, रामेछाप । नेपाल बार रामेछापका अध्यक्ष एवं अधिवक्ता पाण्डव प्रसाईँले स्थानीय तहमा रहेका न्यायिक समितिले सन्तोष जनक एवं प्रशंसा योग्य काम गरी रहेको बताएका छन् । यद्दयपी न्यायिक समितिमा अझै पनि नागरिकहरूले पूर्ण विश्वास गर्न नसकिरहेको तर्क गर्दै उनीहरूको भरोसा जित्ने गरी काम गर्न सम्बन्धित पक्षलाई उनले आग्रह गरे । 

 

मंगलबार रामेछाप टाइम्ससंग कुराकानी गर्दै अधिवक्ता प्रसाईँले यस्तो बताएका हुन् । जिल्लाका सबै स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छन् । भने, पछिल्लो समय वडा तहमा मेलमिलाप केन्द्रहरू मार्फत पनि सामान्य विवाद्हरु मेलमिलाप गरी मुद्दारहरुको टुङ्गो लगाइरहेका छन् । 

 

छिट्फूट बाहेक ती न्यायिक समितिले गरेका निर्णय एवं विवाद मिलापका घटनाहरू पुनरावेदनको रूपमा लागि जिल्ला अदालतमा नआएको सुनाउँदै जिल्ला अदालत रामेछापका वैतनिक वकिल समेत रहेका अधिवक्ता प्रसाईँले समितिहरूको काम प्रति भोरशा गर्न आम नागरिकहरूलाई पनि अनुरोध गरे । 

 

सुधार गर्नु पर्ने धेरै विषयहरू छन् । तर, हालसम्म उहाँहरूले गरेका मुद्दामा चित्त बुझेन भनेर धेरै जिल्लासहित माथिल्लो निकायमा आएका छैन। यसले पनि उहाँहरूको काम राम्रो छ भन्ने पुष्टि गर्छ’ अधिवक्ता प्रसाईँले भने । 

 

जिल्लामा सम्बन्ध बिच्छेद्, आत्महत्या, बहुविवाह र उमेर नपुगी गरिने विवाह जस्ता घटनाहरू बढ्दै गएको सन्दर्भमा बोल्दै कानुन व्यवसायी प्रसाईँले प्रविधिको नकारात्मक प्रयोग, देखादेखि, असन्तोषी भावको वृद्धि, आयस्रोतको कमी जस्ता कारणहरू बढी जिम्मेवार रहेको उनको दाबी छ ।