कोटेश्वरमा होटेल खोलेर बालिकालाई यौन व्यवसायमा लगाउने रामेछापका खड्गीसहित २ जना पक्राउ

| भदौ १३, २०८१ बिहिबार

सांकेतिक तस्बिर
A A A
A A A


१३ भदौ, काठमाडौं । काठमाडौंको कोटेश्वारमा होटेल खोलेर बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले रामेछाइका एक सहित दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४२ वर्षीय राजु शाही छन् । प्रहरीले रामेछापका खड्गीको जिल्लाको थप विवरण खुलाएको छैन् । 


उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरुले कोटेश्वरमा कमलामाई खाजा घर एण्ड गेस्ट हाउस सञ्चालन गरेका थिए ।बालिकाहरुलाई होटलको कामको बहानामा आर्थिक प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

 


उनीहरुले अन्य होटल गेस्ट हाउस तथा ग्राहकले बोलाएको ठाउँमा बालिकाहरुलाई पठाएको पनि पाइएको उनले बताए ।

 

उनीहरुको गेस्ट हाउसबाट प्रहरीले ५ बालिका उद्धार गरेको छ ।