काँग्रेस पार्टी सभापति तामाङलाई सचिव खड्काले किन देखाए कालो झण्डा ? (भिडिओसहित)

| भदौ २४, २०८१ सोमबार

A A A
A A A

२४ भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काको नेतृत्वमा विद्यार्थी नेताहरूले पार्टी सभापति एवं राज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामलाई कालो झण्डा देखाएका छन् । १११ औँ बिपी जन्म जयन्तीको अवसरमा विपिको शालिकमा माल्यर्पण गरी यहाँका अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण कार्यक्रममा सचिव खड्काको नेतृत्वमा सभापति एवं राज्य मन्त्री तामाङलाई अवरोध गरिएको हो । सोमबार विपि जन्म जयन्तीको अवसरमा भातृ संगठनहरु सहित नेपाली कांग्रेसले विभिन्न कार्यक्रम तय गरिएको जानकारी गराइएको छ । 

 

राज्य तामाङ् उपस्थित कार्यक्रममा उनकै पार्टीका नेताहरुले अबरोध गर्न थालेपछि मन्थली बजारको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो मात्रमा प्रहरी परिचालन गरिएको थियो । जिल्ला सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पताल, दीलश्री मेडिकल हलमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी रामेछाप सामुदायिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने क्रममा उनीहरूले चोकैमा बसेर ठुलो मात्रमा प्रहरी, सशस्त्र प्रहरीको उपस्थितका बिच कालो झण्डा निकालेका हुन्  । उक्त क्रममा सचिव खड्काको प्रदर्शन टोली र नेपाल प्रहरीबिच धकेला धकेल भएको थियो । प्रहरी र सचिव खड्काको विरोधमा उत्रिएका टिमबिच मुठभेट भएको थियो । 

पार्टी सभापति तामाङले एकलौटी रूपमा पार्टी सञ्चालन गरेको भन्दै विरोधमा उत्रिएका सचिव खड्काले आइतबारै एक पत्र मार्फत सभापतिले आह्वान गरेको कार्यक्रमको विरोध गरेका थिए । उक्त विरोधका बिच भएको कार्यक्रममा केही तनाव सिर्जना भएको हो । 

 

राज्य मन्त्री तामाङलाई कालो झण्डा देखाउने प्रयास गरेपछि सामुदायिक अस्पतालका बिरामीहरूलाई फलफूल नबाँडी  राज्य मन्त्री तामाङको टोली सिधै मन्थली अस्पताल तर्फ निस्किएका थिए । यसले तत्कालीन अवस्थालाई शान्त पारेको थियो । यद्दयपी रामेछाप समुदायिक अस्पतालमा पनि फलफूल भने वितरण गरिएको छ । 

मन्थली अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर मन्थली बसपार्क हुँदै जिल्ला प्रहरी कार्यालय मार्फत मालपोत हुँदै देवकोटा चोक निस्किएर वितरणमा समस्या भएको अस्पतालका बिरामीलाई पनि फलफूल भने वितरण गरिएको थियो । त्यसपछि मन्त्री तामाङको टोली सिधै जिल्ला अस्पताल एवं रामेछाप अस्पताल तर्फ गएर फलफूल वितरण गरेका छन् ।  

पार्टी भित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टी सभापति समेत रहेका राज्य मन्त्री तामाङलाई कालो झण्डासहित सचिव नै विरोधमा उत्रिएपछि नेपाली काँग्रेस रामेछापका नेताहरू निराशा देखिएका छन् । विभिन्न गुट उपगुट झाँगिँदै जाँदा आन्तरिक विवाद उत्कर्षमा पुगेको दाबी गरिएको छ । यद्दयपी सभापति एवं राज्य मन्त्री तामाङले भने मान्छेको जीवनमा हरेक अनुभवहरू हुने भन्दै रामेछाप अस्पताल रामेछाप डाँडामा त्यस अगाडि भएको विरोध प्रति सङ्केत गरेका छन्  । उनले त्यसलाई सामान्य रूपमा लिएको धारणा व्यक्त गरे ।