नेविसंघ रामेछापले गरेकाे वक्तृत्वकला प्रतियोगितामा केब्सकी छात्रा प्रथम

| भदौ २५, २०८१ मंगलबार

A A A
A A A

२५ भदौ, रामेछाप । १११ औँ बिपी जन्म जयन्तीको अवसर पारेर नेपाली काँग्रेसको भातृ संस्था नेविसंघ रामेछापले आयोजना गरेको ‘बिपी विचार’ विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा कर्कला देवी बोर्डिङ स्कुल (केब्स) की छात्रा प्रथम भएकी छिन् । 

 

जिल्लाका विभिन्न पालिकाका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै (केब्स) की छात्रा जन्मिन कार्कीले प्रथम हुँदै नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी हुन् । 

 

ऊर्जा राज्य मन्त्री एवं नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरका नगर प्रमुख लवश्री न्यौपाने र नेविसंघका अध्यक्ष विनोद बुढाथोकीसहितको उपस्थितिमा विजेताहरूलाई नगदसहित पुरस्कार प्रदान गरे ।

 


विभिन्न वुदाँहरुले आधार मानेर गरिएको मूल्याङ्कनमा तामाकोशी बोर्डिङ स्कुल मन्थलीकी छात्रा निरुता सापकोटा दोस्रो भएकी छिन् । उनले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । 

 

मन्थली माविका छात्र सक्षम कार्की तेस्रो हुँदै नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । भने, बराबरी अंक प्राप्त गरेर प्रयोगेश्वर मावि पकरवासकी छात्रा निरुता कार्की र सेती देवी मावि सालुकी छात्रा भावना मोक्तानले सान्त्वना पुरस्कार नगद ३–३ हजार र प्रमाणपत्र प्राप्त गरे । 

 

प्रतियोगितामा मन्थली नगरपालिकाका विभिन्न मावि, रामेछाप नगरपालिका माविका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले भाग लिएका थिए । 

 

त्यस्तै गाेकुलगंगा, लिखु तामाकाेशी र खाँडादेवी गाउँपालिकाका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए उनीहरुले सबैलाई यातायात खर्च १-१ हजार र सहभागीताकाे प्रमाणपत्र प्रदान गरिएको नेविसंघका उपाध्यक्ष युवराज सुवेदीले बताए ।