रामेछापमा तीन दिनसम्म रक्तदान, खेलकुदसहितका विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउने जिल्ला समन्वयको निर्णय

| भदौ २८, २०८१ शुक्रबार

A A A
A A A

२८ भदौ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले विभिन्न रचनात्मक कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको सम्झनमा प्रत्येक वर्ष दिवस मनाइँदै आइएको छ । 

 

शुक्रवार बिहान समन्वय प्रमुख चिना खड्का (कार्की) सहित मन्थली र रामेछाप नगरपालिकाका प्रमुखहरूसहित बसेको सरोकारवालाहरूको बैठकले मावि विद्यालयका विद्यार्थीहरूको संविधान प्रतिको बुझाइमा स्पष्टता ल्याउन सबै स्थानीय तहहरूले आफ्नो स्थानीय तह विशेष विषयमा केन्द्रित भई विद्यालय स्तरमा अन्तरक्रिया, वक्तृत्वकला प्रतियोगिता गराउने, जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा मैत्रीपूर्ण भलिबल र म्युजिकल चियर सहित १६ वर्ष मुनीको फुटबल खेल आयोजना गरी मनाउने निर्णय गरेको जारी निर्णयमा उल्लेख छ । 

 

त्यस्तै बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाउन आउँदो असोज २, ३ र ४ गते तीन दिनसम्म जिल्लाका सबै कार्यालय र आमनागरिकहरुको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्न पनि आग्रह गरेको छ । 

 

त्यस्तै दिवसकै अवसरमा यही भदौ ३१ गते सोमबार रक्तदान आयोजना गर्ने लगायतका कार्यक्रम तय गरेको हो ।

 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार