रामेछापको नागदहमा एकल महिलाको सुन लुट्ने घिसिङ पुर्पक्षको लागि कारागार चलान

| असोज १, २०८१ मंगलबार

A A A
A A A

१ असोज, रामेछाप । लिखु तामाकोशी गाउँपालिका ५ नागदहमा वृद्ध एकल महिलाको कानको मुन्द्रा लुट्ने सोही ठाउँका चन्द्र घिसिङ कारागार चलान भएका छन् । 

 

उनले गएको साउन ३० गते दिउँसै वडा नं ५ नागदहकै पिपलदिपकी ६० वर्षीय सुन्तलीमै तामाङको घाँटीमा समाती आँखामा खुर्सानीको धुलो छर्किएर कानमा लगाएको नम्बरी सुनको रिङ लुटेका थिए । 

 

खोजी गर्दै जाँदा १९ वर्षीय घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।

 

सोमबार जिल्ला अदालत रामेछापले तामाङलाई पुर्पक्षको लागि जिल्ला कारागार चलान गर्ने आदेश दिएपछि उनी जेल चलान भएको रामेछाप प्रहरीका प्रहरी निरीक्षक एवं प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए ।