आजदेखि रामेछापको प्रमुख जिल्ला अधिकारीमा पौडेल हाजिर भए

| असोज ६, २०८१ आइतबार

A A A
A A A

०६ असोज, रामेछाप । आइतबार देखि रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ/प्रजिअ) को भूमिकामा राजु प्रसाद पौडेल हाजिर भएका छन् । 

 

१८ महिना देखि कार्यरत प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको शिक्षा मन्त्रालयमा सुरुवा भएपछि कसुर जन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा कार्यरत रहेका पौडेल रामेछापको (सिडिओ)को जिम्मेवारीमा परेका थिए ।

 

तेस्रो महिला सिडिओको रूपमा जिल्ला आएकी निरौलाको गत भदौ २७ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भएको थियो ।

 

यस अगाडि विभिन्न जिल्लाको नेतृत्व गरेका पौडेललाई आइतबार बिहान जिल्ला प्रशासन कार्यालय रामेछापमा सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेसहितले स्वागत गरेका हुन् ।

 

तस्बिर स्रोत जिल्ला प्रशासन 

मिलन घिमिरे
| भदौ २९, २०८१ शनिबार