बोलेरो दुर्घटनामा वडा सदस्य एवं नगर सभा सदस्य नेपालीको निधनको शोकमा भोलि मन्थली नगरपालिकामा शोक बिदा

| असोज ६, २०८१ आइतबार

मृतक नेपाली
A A A
A A A

६ असोज, रामेछाप । आज दिउँसो बोलेरो दुर्घटनामा वडा सदस्यको पदम माया नेपाली (दमाई) को मृत्यु भएपछि मन्थली नगरपालिकाले दुःख व्यक्त गरेको छ । साथै सोमबार (भोलि) नगरपालिका अन्तर्गतका सबै कार्यालयहरू बन्द गर्ने जनाएको छ । शोक वक्तव्य र शोक बिदाको छुट्टा छुटै पत्र जारी गर्दै नगरपालिकाले बिदा समेत दिएको हो । 

 

वडा नं १ मन्थलीबाट वडा नं ४ सालु तर्फ जाँदै गरेको बोलेरो मन्थली ५ सुनारपानीको भदौरे डाँडामा पल्टिँदा वडा नं ४ की वडा समिति सदस्य तथा नगरपालिकाका नगर सभा सदस्य नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं महाशाखा प्रमुख हेमन्त बुढाथोकीले सोमबार शोक बिदा दिएको जानकारी दिए ।  

 

महाशाखा प्रमुख बुढाथोकी र नगर प्रमुख लव श्रेष्ठले हस्ताक्षर गरिएको पत्रमा ‘दुर्घटनाले पुरै मन्थली नगरपालिका परिवार स्तब्ध भएको छ’ भनिएको छ ।