अपडेट : बोलेरो दुर्घटनामा परेका थप एकको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु

| असोज ६, २०८१ आइतबार

A A A
A A A

०६ असोज, रामेछाप । आइतबार (आज) दिउँसो मन्थली ५ सुनारपानीको भदौरे डाँडामा भएको बोलेरो दुर्घटनामा परेका थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ ।

 

मन्थली १ बाट यात्रु लिएर ४ सालु तर्फ जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो पल्टिँदा वडा सदस्य एवं नगर सभा सदस्य पदम माया नेपालीको घटनास्थल मै निधन भएको थियो । भने, दुई गम्भीरसहित पाँच जना घाइते भएका थिए । गम्भीर घाइते ‍४२ वर्षीय बोलेरो चालक गुण कुमार थापा मगर र ६९ वर्षीय दिलीप कुमार बरुवाललाई काठमाडौँ लागिएको थियो । 

 

धुलिखेल अस्पतालमा उपचारको क्रममा केही बेर अगाडि ६९ वर्षीय वृद्ध बरुवालको पनि निधन भएको मन्थली ५ सुनारपानीका वडा अध्यक्ष रविन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई बताए । 

 

दुर्घटनामा गम्भीर घाइते ‍४२ वर्षीय बोलेरो चालक गुण कुमार थापा मगर र ६९ वर्षीय दिलीप कुमार बरुवाललाई काठमाडौँ लागिएको थियो । 

 

दुर्घटनामा मन्थली ४ की ५ महिने नाबालिका,  ३४ वर्षीय सिता नेपाली, २५ वर्षीय जिता रसाइली, २५ वर्षीय सरिता नेपाली घाइते भएका छन् ।  उनीहरूको मन्थली अस्पतालमै उपचार भइरहेको छ । वडा सदस्यको निधन भएपछि सोमबार भोलि मन्थली नगरपालिकाले शोक बिदा दिएको छ ।