रामेछापमा थप एक हप्ता लकडाउन थपियोः सबै पसलहरु ३ बजेसम्म खुल्ने, सरकारी कार्यालय आलोपालो प्रणालीमा (सूचनासहित)

| असार ८, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०८,असार, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन थप एक हप्ता थपिएको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापमा कोरोना नियन्त्रण तथा रोकथाम समिति (डिसिसिएमसी) को बैठकले भोली (बुधबार)  राति १२ बजेदेखि लागू हुने गरि आगामी असार १५ गते राति १२ बजे सम्मको लागि लकडाउन केही खुकुलो बनाउदै थप गरेको हो । 


भोलीदेखि जिल्लामा खाध्यन्न लगाएत पशुपंक्षीका दाना, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलपम्प,होटल, चिया खाजा ,रेष्टुरेन्ट, निर्माण सामग्री बिक्री वितरण, पुस्तक पसल र प्रिन्टिङ्ग प्रेस लगायत पसलहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरि बिहान ५ ः ०० बजेदेखि दिउँसो  ३ः ०० बजे सम्म खुल्ने छन् 

 

त्यस्तै बैंकहरु दैनिक बिहान १० ः ०० बजेदेखि ३ः ०० बजे सम्म खुल्ने निर्णय गरेको प्रशासनको निर्णयमा उल्लेख छ । भने सवारी मर्मत गर्ने वर्कसप,  दूधजन्य डेरि पसलहरु बिहान ५ ः ०० बजेदेखि साँझ ५ः ०० सम्म सन्चालन गर्न पाइने उल्लेख गरिएको छ।  


त्यस्तै सबै सरकारी कार्यालयहरु स्वास्थ्य मापदण्ड पालना गरि आलोपालो प्रणालीमा संचालन गर्न प्रशासनले निर्देशन दिएको छ । 

निर्णयहरु हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार