मन्थली आकाशे पुलमा सजाइएकाे लाइट चाेरी गर्ने याेञ्जन चाेरीकाे सामानसहित पक्राउ

| असोज ९, २०८१ बुधबार

A A A
A A A

९ असोज, रामेछाप । १० ओं संविधान दिवसलाई भव्य रूपमा मनाउनको लागि सार्वजनिक स्थान सजावट गर्ने कार्य अन्तर्गत मन्थली नगरपालिकाले नगर स्थित तामाकाेशी नदीमाथिको पक्की पुलमा सजाइएको बत्ती चोरी भएको छ । सजाइएको सडक बत्ती चोरी गर्ने व्यक्ति बत्ती सहित पक्राउ परेपछि घटना बाहिरको हो । 

 

मन्थलीको आकासे पुलमा राखिएको `डिजिटल लिड लाइट´ चोरी भएपछि  जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोज तलास गर्ने क्रममा आज बुधवार  बिहान रामेछाप नगरपालिका - ४ हिमगंगा घर भई हाल मन्थलगी नगरपालिका- १ कटहरबोट आफ्नै घरमा बस्दै आएका जयबहादुर योन्जनलाई चोरी भएको सामान सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए ।  

 

पक्राउ परेका उनलाई जिल्ला प्रहरीले थप अनुसन्धान भइरहेको  ब्यहोरा जनाएको छ । उच्च स्रोतका अनुसार उनी २०७२/०७३ मा नेकपा माओवादी केन्द्र रामेछाप नगरपालिका -४ हिमगंगाकाे गाउँ कमिटी अध्यक्ष बनेका थिए ।