वडा अध्यक्ष समेत रहेका कार्कीलाई अनेरास्ववियु रामेछापको इन्चार्जको जिम्मेवारी

| असोज ११, २०८१ शुक्रबार

A A A
A A A

११ असोज, रामेछाप । नेकपा (एमाले) निकट विद्यार्थी संगठन (अनेरास्ववियु) रामेछापको रामेछापको इन्चार्ज दीपक कार्की चयन भएका छन् । उनी निर्वाचित वडा अध्यक्ष समेत हुन् ।

 

गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीका वडा अध्यक्ष समेत रहेका नेता कार्कीलाई बुधवार बसेको नेकपा एमाले रामेछापको जिल्ला कमिटी बैठकले दोस्रो जिल्ला कमिटी बैठकबाट सदस्यमा मनोनीत भएका कार्कीलाई विद्यार्थी संगठनको जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको अनेरास्ववियु रामेछापले जनाएको हो ।

 

विगतमा विद्यार्थी राजनीतिबाट उदाएका कार्कीलाई एमाले रामेछापले विद्यार्थी संगठनको इन्चार्जको जिम्मेवारी तोक्दै पुष्कर भट्टराईको नेतृत्वमा रहेको विद्यार्थी संगठनलाई थप सशक्त बनाउने भूमिकामा उतारेको बुझिएको छ ।