पर्यटकीय उच्च सम्भावना बोकेको उमाकुण्ड गाउँपालिका भित्रका यी धार्मिक तथा ऐतिहासिक स्थलहरू (फोटोफिचर)

| असोज ११, २०८१ शुक्रबार

A A A
A A A

११ असोज, रामेछाप । सबै तहका सरकारहरू ‘करडौं लागतमा भियूटावर बनाउन र सडकहरू मात्रै खन्न, बनाउन केन्द्रितľ हुँदा प्राथमिकतामा नपुगेका उमातिर्थ जस्ता पालिका भित्र रहेका ७ वटा वडाका विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्त्विक स्थलहरू डाँडा पाखा, भिर पहरा र काला ढङ्गा नै बन्न बाध्य छन् । पर्याप्त जल स्रोत, जडुबुट्टीको समेत भण्डार एर्मा, टिमुर, पदमचाल, चिराइतो, मजितो, लोक्तो यो पालिकालाई धनी बनाउने प्राकृतिक उपाहरहरु एवं स्रोतहरू हुन् । 

 

उमाकुण्ड गाउँपालिका भित्र पर्टयकहरुको मन लोभ्याउने देउराली, बाम्तिभण्डार,गुम्देलको सेर्दिङ, लाप्चाने, च्यादलुडाँडा पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने पाँच पोखरी, जट्टापोखरी, भूत पोखरी, दूध पोखरी, लाप्चा पोखरी, उमातिर्थ, काउगुम्बा, महालङ्गुर चिज सर्किट, सेर्दिङडाँडा, थोदुङ् गुम्बा, गुम्देल बौद्ध, तेच्छिम गुम्बा, भोर्जिङको भीरमा रहेका सिंह देवता, नाग पोखरी, लुँभुबजार स्थित सिद्धा थाना, रत्नज्योत बजार छेउको सेतीदेवी, नुम्बुर हिमालको मनोरम दृश्य सेर्दुगाउँस्थिति भूमेश्वर महादेव, पाँचकन्या देवी, सात कन्यादेवी, ज्वालाकाली, पाँच पोखरी, दक्षिणकाली, रोशीस्थित महादेव थान, भण्डार गुम्बा, गर्चा गुम्बा, कुँबुँकास्थलीको दर्नाशास्थित उम्देश्वर महादेव आदी दर्जनौँ आ–आफ्नै महत्त्व र ऐतिहासिक गाथा बोकेका स्थलहरू छन् । 

नुम्बुर हिमाल 

 

सुनुवार जातिको प्रमुख पर्वको रूपमा रहेको प्रीति ४ स्थित चण्डी थान, कुँबुँकास्थली र प्रीतिको सीमामा रहेको साप्सुमाई, भूजीमा कैलेश्वर महादेव, बाम्तीस्थित एकनागी (शेर्पा हिल्टप), लुँभु बजारस्थित नाजिङ् फाक्सि (फाक्सिङ डाँडा), प्रीतिस्थित ताँबेडाँडा, कालो चौतारा क्षेत्रमा बन्दै गरेको बौद्ध गुम्बा सहितको बौद्ध, लाप्चानेको सुन्दर गाउँ लगायतका महत्त्वपूर्ण स्थल यो पालिकाका प्रमुख पर्यटकीय उच्च सम्भावना बोकेका स्थलहरू हुन् ।

बाम्तिभण्डार स्थित थोदुङ् गुम्बा

 

अझ शेर्पा, सुनुवार जातजातिको भाषा, रहनसहन, संस्कार संस्कृति आफैमा महत्त्वपूर्ण छन् । नुम्बुर हिमालको मनोरम दृश्यसँगै सोलुखुम्बु, ओखलढुङ्गा र दोलखाका विभिन्न क्षेत्र अवलोकन गर्दै रमाउन सकिने यही पालिकामा सुविधा छ । १ नम्बरमा मात्रै दर्जनौँ धार्मिक तथा प्राकृतिक स्थलहरू छन् । बाम्तिभण्डार आफैमा पर्यटकीय सम्भावना बोकेको स्थल हो । यहाँ पुग्ने जो कोही यो ठाउँ देखि मोही हुन्छन् । 

गाउँपालिका भवनसहित आसपास प्रिति,च्यादलु । तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स 

 

कृषि, पर्यटन र जलश्रोतलाई गाउँपालिकाले पनि प्रमुख सम्भावना बोकेको पालिका भन्दै आएको छ । भने, यो पालिका भित्र धार्मिक, ऐतिहासिक, रमणीय प्रशस्त स्थलले भरिपूर्ण हो । ७ वटा वडा रहेको यो गाउँपालिकाको जलस्रोत र जडीबुटी, पर्टयकहरुको मन लोभ्याउने मनमोहक दृश्य भएको रमणीय स्थलहरूले भरि पूर्ण छ । हाल पनि उमाकुण्ड गाउँपालिकामा ५ ओटाभन्दा बढी हाइड्रोपावरहरू निर्माण भइरहेका छन् भने अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययनको काम भइरहेको छ । कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा न १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौंरीपालन व्यवसाय सञ्चालनमा छ । उमाकुण्ड गाउँपालिकामा कृषिमा आलु, किवी अलैँची, चिया लगायतका नगदे बालीको प्रशस्त खेती भइरहेको छ ।

च्यादलु डाँडा स्थित पोखरीसहितको गाउँ । तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स 

रामेछापको उमाकुण्ड गाउँपालिका पर्यटकीय उच्च सम्भावना बोकेको पालिका हो । जिल्लाको उत्तरी भूभागमा अवस्थित यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका हो। जलश्रोत को क्षेत्रमा धनी उमाकुण्ड गाउँपालिका मा धेरै सम्भावना छ । स्थानीय सरकारले माथि उल्लेखित क्षेत्रहरूलाई छनोट गरेर चरण–चरणमा विभाजन गरी पर्यटन प्रवर्द्धनमा ध्यान पुर्‍याउने हो भने यो पालिका पर्यटन प्रवर्द्धनबाटै आत्मनिर्भर पालिका बन्ने सक्ने उच्च सम्भावना देखिन्छ । 

 

स्थानीय सरकारले स्रोत र साधनको परिचालनबाट प्रयास गरिरहेको बताए पनि प्रदेश र संघ सरकारको यो क्षेत्रमा कुनै ध्यान नपुग्दा ओझेलमा परेको भने निश्चित छ ।

 

च्यादलुबाट देखिएको गुप्तेश्वर आसपासका बस्तिहरु 

बाम्तिभण्डार रत्नज्योति बजार 

 

प्रिति ज्यादलु स्थित गाउँपालिकाको केन्द्रसहितको बजार आसपास  । तस्बिर मिलन घिमिरे/ रामेछाप टाइम्स