गुम्देल वडा कार्यालयले भिजन हाइड्रोलाई भन्यो–‘सेर्दिङ–तेच्छिम–गुम्देल–क्यामा सडक मर्मत र संचालन गर्दा समन्वय गर्नू’

| बैशाख १९, २०८१ बुधबार

गुम्देल गाउँ, तस्बिर फाइल ।
A A A
A A A

१९ वैशाख, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलले देउराली–सेर्दिङ–तेच्छिम–गुम्देल–क्यामा सडक प्रयोग र मर्मत गर्दा समन्वय गरेर मात्रै काम गर्न आग्रह गरेको छ । स्थानीयहरूले सडक मर्मत बिनै मालवाहक गाडी धमाधम गुड्न थालेपछि वडामा पत्र बुझाउँदै ध्यानाकर्षण गरेपछि वडाका कार्यालयले आयोजनालाई सचेत गराएको हो । 

 

रामेछापको उत्तरी भेग उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देल जोड्ने सबै भन्दा पुरानो सडक मार्ग देउराली–सेर्दिङ–तेच्छिम–गुम्देल–क्यामा सडकमा निर्माणाधीन जलविद्युत आयोजनाका ठुला सवारी साधनले जीर्ण बनाएको उल्लेख गर्दै यो सडक मर्मत गर्दा वडासँग समन्वय गरेर र जानकारी गराएर मात्रै काम गर्न वडाले पत्र मार्फत जानकारी गराएको हो । 

 

गुम्देलको सेर्दिङ–गुम्देल हुँदै क्यामा टाङदिङ सडक खण्डमा साना सवारी साधन बाहेक अन्य ठुला सवारी साधन (टिफर, ट्रक र ट्र्याक्टर) संचालन गर्दा सडक स्तरोन्नति गरेर मात्र संचालन गर्नु पर्ने अवस्थामा रहेको तर भिजन इनर्जी हाइड्रो पावर प्रा.लि. मार्फत हाइ टेन्सन लाइनको निर्माण कार्य गर्न सामाग्री बोकेका टिफर, ट्रक र ट्याक्टर मर्मत नगरी गुडिरहेकोमा ध्यानाकर्षण भएको जनाएको हो । 

 

वडा अध्यक्ष ङातिण्डू शेर्पाले एक मात्र जारी गर्दै भनेका छन् ‘तेछिम, दाप्सादिङ टोल विकास संस्था र क्यामा टोल विकास संस्थाले समितिको निर्णय साथ वडा कार्यालयमा निवेदन गरेको सन्दर्भमा सो सडक खण्ड प्रयोग गरी टिफर, ट्रक र ट्र्याक्टर मार्फत निर्माण कार्य अघि बढाउँदा वडा कार्यालय तथा सम्बन्धित टोलका टोल विकास संस्थासँग समन्वय र सहकार्य गरी मात्र निर्माण कार्य अघि बढाउनू’ भनेका छन् ।

 

गुम्देलकै साबिकको वडा नं १ लाछेवरको माथिल्लो भेगमा निर्माणाधीन जल विद्युत् आयोजनाले वडासँग समन्वय र सहकार्य नै नगरी सडकको मर्मत र प्रयोग गरेपछि वडाले सचेत गराएको पत्रमा उल्लेख छ । 

 

पत्र हेर्नुहोस् ।

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));