वर्षाको विताण्डः रामेछापका सबै सडकमा यात्रा गर्न प्रहरीले रोक्लगायो, मन्थली एयर्पोटको बाँध नाग्न थाल्यो कोशीले सबै सचेत रहन आग्रह

| असोज १२, २०८१ शनिबार

सिन्धुली खुर्कोट र रामेछापको मन्थली जोड्ने मुख्य सडक पुलको अस्था । तस्बिर समाजिक संजाल
A A A
A A A

१२ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लावासीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निरन्तरको वर्षाले बाढी पहिरोको उच्च जोखिम बढेपछि तामाकोशी आसपासका बस्तीसहित खोला, नदी किनारा आसपासका स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । 

 

जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले लिखु, तामाकोशी, खिप्तीसहित नदी आसपासका बस्तीहरूसहित उच्च सावधानी अपनाउन आग्रह गर्दै विशेष परिस्थिति बाहेक कोही पनि घर बाहिर ननिस्कन आग्रह गरे । 

 

जिल्ला भित्रका सबै सडकहरू पूर्ण रूपमा यात्रा बन्द गरिएकाले अत्यावश्यक काम बाहेक कोही पनि यात्रा नगर्न आग्रह गरे । रामेछाप टाइम्सलाई प्राप्त ताजा जानकारी अनुसार तामाकोसी नदीले मन्थली आकाशे पुल  क्षेत्रमा जोखिम बढाउँदा एयरपोर्ट मुनितिर बाँध सम्म कोशी आएको छ ।