रोशी खोलाले बगाउँदा रामेछाप डफ्खाकी श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर

| असोज १४, २०८१ सोमबार

सांकेतिक तस्बिर
A A A
A A A

१४ असोज, रामेछाप । रोशी खोलाले बगाउँदा रामेछाप डफ्काकी एक महिलाको ज्यान गएको छ । उनको मृत्यु भएको पुष्टि भएको छ । 

 

आइतबार यात्रामा निस्किएको बुझिएका श्रीमान् विश्व माझी र नाम खुल्न नसकेकी उनकी श्रीमतीलाई रोशी खोलाले बगाउँदा श्रीमतीको ज्यान गएको जानकारी प्राप्त भएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार थप जानकारी प्राप्त हुन नसकेको तर उनको रोशी खोलाले बगाउँदा मृत्यु भएको जानकारी आएको हो । श्रीमान् विश्व घाइते भएका छन् ।

 

घटना बारे थप बुझ्नको लागि सम्बरबहादुर माझीको नेतृत्वमा वडाबाट टोली त्यस तर्फ प्रस्थान गरेको अध्यक्ष श्रेष्ठले बताए । 

 

टेलिफोनमा समस्या हुँदा घटना बारे थप प्रष्ट जानकारी आउन बाँकी छ ।