मन्थली–खुर्कोट जोड्ने सुनकोशीमा बेलिब्रिज बनाउने जिम्मा सेनालाई, राज्य मन्त्री तामाङ भन्छन् ‘तिहार अगाडि बन्छ’

| असोज १६, २०८१ बुधबार

A A A
A A A

१६ असोज, रामेछाप । यही असोज ११ र १२ गते सुनकोशीमा आएको भीषण बाढीले बगाएको रामेछाप (मन्थली)–सिन्धुली (खुर्कोट) जोड्ने पक्की पुलमा बेलिब्रिज राख्नेको लागि नेपाली सेनालाई जिम्मा दिने गरी प्रक्रिया अगाडि बढेको छ । 

 

रामेछापबाट निर्वाचित भएर ऊर्जा राज्य मन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) को विशेष पहलमा नेपाली सेनालाई बेलिब्रिज निर्माण गर्ने जिम्मा दिन लागेको राज्य मन्त्री तामाङले रामेछाप टाइम्सलाई बताए । 

 

उनले भने ‘मैले मन्त्रीज्यूलाई आग्रह गरेअनुसार अब नेपाल सरकारको उपकरणहरू नेपाली सेनाले जोड्ने काम हुन लागेको हो’, हटौंडामा बेलिब्रिजको सामानहरू भएको ठाउँमा आजै राति जान लागेको सुनाउँदै राज्य मन्त्री तामाङले थपे ‘तिहार अगाडि नै बेलिब्रिज निर्माण सक्छौ ।’

सडक डिभिजन हेटौडा अन्तर्गत रहेको ५० मिटर लम्बाईको बेलिब्रिजलाई अविरल वर्षाको कारण क्षति पुगेपछि निर्माण गर्न यति आवश्यक भए अनुसार नेपाली सेनालाई अनुरोध गरिदिन आग्रह गरेको नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका मन्त्री तामाङको भनाई छ । 

 

जसको लागि मंगलबार नै मन्त्रिस्तरीय निर्णय समेत भइसकेको बताउँदै राज्य मन्त्री तामाङले बेलिब्रिज चाँडै बन्ने विश्वास व्यक्त गरे । रामेछापको प्रमुख र छोटो सडक मार्ग जोड्ने यो पुल बगाएपछि जिल्लामा निकै समस्या भएको छ । 

 

बुधवार देखि दोलखाको किर्ने हुँदै गाडीहरू ओहोरदोहोर गर्न सक्ने बाटो खुल्ला भएको छ ।

 

यो हेर्नुहोस् पत्र