दुई महिना अघि मन्थलीबाट हराएको मोबाइल भेटेर धनीलाई बुझायो रामेछाप प्रहरीले

| असार ८, २०७८ मंगलबार

फाइल फोटो जिल्ला प्रहरी कार्यालयबाट प्राप्त
A A A
A A A

०८ असार, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले दुई महिना अघि हराएको एउटा मोबाईल फेला पारि धनिलाई जिम्मा लगाएको छ । 

 


गत २०७७ चैत्र १० गते मन्थली बजारबाट सोही नगरपालिकाको वडा नं १२ को गेलु जानेक्रममा हराएको मोबाईल फेलापारी मंगलबार मोबाइलका धनी रामशरण मिजारलाई बुझाएको रामेछाप जिल्ला प्रहरीले जानकारी दिएको छ ।

 

मोबाइल प्रहरीले खोजतलास गर्ने क्रममा २०७८ जेठ १९ गते जिल्लाकै गोकुलगंगा गाँउपालिका वडा नं.५ नामाडीबाट फेला पारेको प्रहरीले जनाएको हो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार