रामेछापको भटौलीमा काठमाडौँबाट २ बच्चासहित १२ जना यात्रु बोकेर सिन्धुली जाँदै गरेको सुमो दुर्घटना

| असोज २२, २०८१ मंगलबार

A A A
A A A

२२ असोज, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा यात्रुवाहक टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा हाताहतको अवस्था भने भएको छैन् । 

 

आज (मंगलबार) बिहान ४ ः २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडक खण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुँदै सिन्धुली जाँदै गरेको ना १ ज ८७८२ नं को सुमो अनियन्त्रित भई पल्टँदा चालक घाइते भएका हुन् । 

 

घाइते हुनेमा चालक सिन्धुलीको फिक्कल गाउँपालिका ४ बस्ने २२ वर्षीय उद्वब श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । घाइते श्रेष्ठको उद्धार गरी तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । उनको दाहिने हात र ढाडमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । 

 

चालक र २ जना बच्चासहित १२ जना यात्रु सवार रहेको सो सुमो दुर्घटना भए पनि मन्थली–सेलेघाट सडकमा भने अवरोध छैन ।