काठमाण्डौबाट सिन्धुली तर्फ यात्रु बोकेर जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना : एकको मृत्यु, केही घाइते

| असोज २२, २०८१ मंगलबार

सांकेतिक तस्बिर
A A A
A A A

२२ असोज, रामेछाप । काठमाण्डौबाट सिन्धुली अमारेको लागि छुटेको यात्रु वाहक बस रामेछापको भिरपानीमा दुर्घटना परेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य अन्दाजी १० जना बढी घाइते भएको बुझिएको छ ।

 

घाइतेहरूको उद्दार गरी सिन्धुलीको रातमाटा सहितका विभिन्न अस्पताल पठाइएको बताइएको छ । 

 

काठमाडौँबाट सिन्धुलीको अमारेको लागि छुटेको बागमती प्रदेश ३-०१०५ ख ९५७९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई बताएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । भने, 

 

आज मंगलबार करिब ५ बजेको समयमा काठमाडौँबाट यात्रु बोकेर आएको बस खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानीमा अनियन्त्रित हुँदा ठुलो दुर्घटनाको सम्मुखमा पुगेको बुझिएको छ । यद्दयपी चालकले बसलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएका छन् । 

 

दुर्घटना बारेमा थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता कौशल न्यौपानेले बताए । आज बिहान पनि टाटा सुमो खाँडादेवी नजिकै पर्ने भटौलीमा दुर्घटनामा परेको थियो ।