उमाकुण्ड–६ गुप्तेश्वरका निवर्तमान वडा अध्यक्ष सुनुवारको निधन

| कात्तिक ३, २०८१ शनिबार

A A A
A A A

३ कात्तिक, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरका निवर्तमान वडा अध्यक्ष कृष्ण सुनुवारको निधन भएको छ । उनको ५९ वर्षको उमेरमा निधन भएको हो । 

 

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष समेत रहेका नेकपा (एमाले) का नेता सुनुवारको मिर्गौलामा समस्या भएपछि उपचाररत रहेका थिए । 

 

केही दिन अगाडि उपचारको लागि काठमाडौँ पुर्‍याइएका सुनुवारको अस्पतालले उपचार सम्भव नभएको भनेपछि गाउँ फर्काइएको थियो । 

 

गम्भीर स्वास्थ्य समस्यामा परेका उनको निवारमै गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।