ठोसेमा १३ गतेसम्म पूर्ण निषेधाज्ञा जारी (सूचनासहित)

| असार ८, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०८ असार, रामेछाप । रामेछाप जिल्लाको गगोकुलगंगा गाउँपालिका वडा २, ठोसेमा पूर्ण रुपमा निषेधाज्ञ जारी गरिएको छ । 

 


आज गाउँपालिकाले एक सूचना जारी गर्दै असार १३ गते सम्मको लागि पूर्ण रुपमा लागू हुने गरि निषेधाज्ञा लागू गरिएको गाउँपालिकाले जनाएको छ । सो ठाउँमा कोरोना भाइरस संक्रमण तिवृ रुपमा फैलिएको निश्कर्षसहित पूर्ण रुपमा लकडाउन जारी गरिएको पालिकाले जनाएको छ । 


सो ठाउँमा केही दिन अघि स्थानीय एक पुरुषमा कोरोना संक्रमण देखिएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएकोमा उनको उपचारको क्रमम निधन भएको थियो ।

 

त्यस्तै अन्य स्थानीयहरुमा पनि कोरोनाको लक्षण देखिएकाले आजदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको पालिकाका प्रमुख खड्क बहादुर सुनुवारले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । 
सरकारले यस अघिनै स्थानीय सरकारलाई परिस्थिति हेरेर बन्दाबन्दी जारी गर्न सक्ने अधिकार दिसेको छ । 
सूचना हेर्नुहोस्

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार